सांकेतिक ‘शव’ बनाएपछि डाक्टरहरुको बालुवाटार पदयात्रा टिचिङको गेटमा रोकियो (फोटोफिचर)
काठमाडौं– महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेका डा. गोविन्द केसी समर्थकलाई प्रहरीले अस्पतालको मुल गेटमै रोकेपछि प्रहरी र केसी समर्थकबीच धकेलाधकेल भएको छ ।
त्यसपछि प्रहरीले १५ डाक्टहरुलाई गेटबाटै पक्राउ गरेर लगेको छ ।
डा. केसीका माग पूरा गराउन दबाब स्वरुप केसी समर्थक डाक्टरहरु बिहीबार बिहान टिचिङ अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए ।
तर, प्रहरीले र्यालीलाई मुल सडकबाट जान नदिएपछि केहीबेर भनाभन भएको थियो । प्रहरीसँगको भनाभन पछि केहीबेर केसी समर्थक सडकमै बसेर अवरोध गरेका थिए ।
अहिले केसीपक्षको प्रदर्शनका कारण नारायाण गोपाल–टिचिङ सडकखण्ड अवरुद्ध छ । सडक अवरोध भएपछि उनीहरुलाई प्रहरीले अस्पताल परिसरतर्फ जान आग्रह गरेको थियो ।
प्रहरीको आग्रह नमानेपछि प्रदर्शनकारीलाई प्रहरीले धकेल्दै अस्पतालतर्फ लगेको थियो । डाक्टरहरुले प्रदर्शन जारी राखेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
सो क्षेत्रमा प्रशासनले उल्लेख्य सङ्ख्यामा प्रहरी तैनाथ राखेको छ ।
सरकार र डा.केसी पक्षधरबीचको वार्ता असफल, डा.केसीको ज्यान जोखिममा पारेको आरोप
















तस्विर : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण