रुपन्देही– २ मा राप्रपाको समर्थन कांग्रेसलाई, एमालेका विष्णुलाई धक्का
सारांश
- राप्रपाले रुपन्देही २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ।
- राप्रपाले कांग्रेससँगको एजेन्डा मिल्दोजुल्दो रहेकोले समर्थन गरेको जनाएको छ।
- यस निर्णयले एमालेका उम्मेदवार विष्णु पौडेललाई धक्का लागेको छ।
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गरेको छ ।
प्राविधिक कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएको राप्रपाले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसलाई समर्थन गर्ने जानकारी दिएको हो । रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसबाट चुन्नप्रसाद शर्मा(पौडेल) प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।
राप्रपाका क्षेत्रीय अध्यक्ष रामबहादुर थापाका अनुसार देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेकोले पौडेललाई समर्थन गर्ने निर्णय गरिएको हो । यससँगै एमालेबाट उम्मेदवार बनेका विष्णु पाैडेललाई धक्का लागेकाे छ ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिले यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भएपनि देशको आर्थिक सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को सङ्गठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एवम् उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पङ्क्ति र आम जनसमुदायमा जानकारी गराउँदछौँ।’
यहाँ नेकपा एमालेबाट विष्णुप्रसाद पौडेल,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट सुभाष पाण्डे,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सुलभ खरेल उम्मेदवार बनेका छन् ।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण