सार्वजनिक बिदामा यी दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने
सोमबार, १८ फागुन २०८२, १० : २३
सारांश
- निर्वाचन अघि सार्वजनिक बिदामा पनि दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने भएको छ।
- राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
- निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने संस्थाहरूले सेवा दिनेछन्।
काठमाडौँ । निर्वाचनअघि सार्वजनिक बिदामा पनि दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकले वित्तीय संस्थालाई निर्देशन जारी गर्दै सेवा सञ्चालन गर्न भनेको हो ।
राष्ट्र बैंकको निर्देशनमा सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारहरूको नगद वा चेक वा अन्य विनिमय साधनहरूको दाखिला, भुक्तानी लगायतका बैंकिङ सेवाहरू सञ्चालन गर्न भनिएको छ ।
बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । यसका लागि बुधबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार पहाडी क्षेत्रमा र मंगलबार तराईका २१ जिल्लामा सार्वजनिक बिदा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण