झापामा तीन अस्थायी मतदान केन्द्र, ६ हजार भन्दा बढी अस्थायी मतदाता
झापा । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले झापा कारागार, कर्मचारी मिलन केन्द्र चन्द्रगढीको भवन र दमक नगरपालिकाको कार्यालयमा अस्थायी मतदान केन्द्र रहेको जानकारी दिए। उनले जिल्लामा ६ हजार ३८० अस्थायी मतदाता रहेको बताए । जसमध्ये कारागारमा १०७ जनाले कर्मचारी मिलन केन्द्रमा ५५६ जनाले र दमक नगरपालिकाको कार्यालयमा ३१५ जना अस्थायी मतदाताले मतदान गर्ने जनाइएको छ ।
उहाँका अनुसार कारागारका कैदीबन्दी, मतदान केन्द्रमा नखटिएका सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारका कर्मचारी, सुरक्षाकर्मीले ती तीन वटा अस्थायी मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्ने छन् ।
झापामा सात लाख १३ हजार ५३७ मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन् । यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम आज बिहानैदेखि कार्यक्षेत्रमा खटाउने क्रम सुरु भएको कार्यालयले जनाएको छ ।
यहाँ निर्वाचनलाई समावेशी र उत्साहजनक बनाउन यसपटक मेची रङ्गशालामा रहेका तीनवटा मतदान केन्द्रको पूर्ण नेतृत्व महिला कर्मचारीलाई प्रदान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण