बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अदालत

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

मङ्गलबार, १९ फागुन २०८२, १५ : २४
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
  • प्रसाईंलाई भक्तपुरस्थित निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेको थियो, जसपछि रिट दायर भयो।
  • प्रशासनले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको थियो।

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरको छ। 

प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ ।

भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

गत आइतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। 

यसअघि विद्युतीय अपराध मुद्दा खेपेर माघ २५ मा हाजिर जमानीमा रिहा भएका प्रसाईं फागुन ४ मा फेरि पक्राउ परेका थिए।

त्यसबेला प्रहरीले उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्ववय मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशले उनी फागुन १३ मा रिहा भएका थिए । सर्वोच्चको आदेशले रिहा भएको ४ दिनमा प्रसाईं फेरि पक्राउ परेका हुन् ।

पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप