गृहमन्त्री अर्यालद्वारा सानेपाबाट मतदान
बिहीबार, २१ फागुन २०८२, ११ : ०६
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले ललितपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपामा रहेको टीका विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर बिहान मतदान गरेका हुन्।
निर्वाचनको सुरक्षा कमान्ड सम्हालिरहेका गृहमन्त्री अर्याल मतदान केन्द्रमा पुग्दा स्थानीय मतदाताहरूमा उत्साह देखिएको थियो।
मतदानपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको जानकारी दिए । सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन देशभर कडा सुरक्षा व्यवस्था मिलाएको दाबी गर्दै गृहमन्त्री अर्यालले सुरक्षा निकायहरूले उच्च सतर्कताका साथ काम गरिरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
-
अमेरिकामा अपराध गर्ने ग्रिन कार्डधारीलाई अब सहजै देश निकाला
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
-
मधेसमा सर्पदंशका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण