सुदूरपश्चिममा ५१ प्रतिशत मत खस्यो, कञ्चनपुरमा सबैभन्दा बढी
सारांश
- सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ५०.९ प्रतिशत मतदान सम्पन्न भयो।
- कञ्चनपुरमा सबैभन्दा बढी ५८.६ प्रतिशत र अछाममा सबैभन्दा कम ३९.२ प्रतिशत मत खसेको छ।
- कैलालीमा ५५.४ प्रतिशत, दार्चुलामा ५३.८ प्रतिशत, र अन्य जिल्लाहरुमा पनि निर्वाचन सम्पन्न भयो।
धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ ।
प्रदेश निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशभर कुल ५० दशमलव ९ प्रतिशत मत खसेको छ । प्रदेशका ९ वटा जिल्लामा रहेका कुल १७ लाख १६ हजार ६ सय ६० मतदाता मध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
तथ्यांकअनुसार कञ्चनपुरमा सबैभन्दा बढी मतदान भएको छ । त्यहाँ ५८.६ प्रतिशत मत खसेको छ । ३ लाख १४ हजार ३ सय ८५ मतदातामध्ये १ लाख ८४ हजार ३ सय १६ जनाले मतदान गरेका छन् । त्यसैगरी सबैभन्दा कम मतदान अछाम जिल्लामा ३९.२ प्रतिशत भएको छ । त्यहाँ १ लाख ६५ हजार ३ सय ३७ मतदाता रहेकोमा ६४ हजार ७ सय ८० जनाले मतदान गरेका छन् ।
सबैभन्दा धेरै मतदाता सङ्ख्या रहेको कैलाली जिल्लामा ५५.४ प्रतिशत मतदान भएको छ । यहाँ ५ लाख ५१ हजार ५२ जना मतदाता रहेकोमा ३ लाख ५ हजार १ सय २२ जनाले मत दिएका छन् । यस्तै दार्चुलामा ९२ हजार ९ सय ४८ मतदाता रहेकोमा ४९ हजार ९ सय ६८ जनाले मतदान गरेका छन् । यहाँ कुल मतदाताको ५३.८ प्रतिशत मत खसेको छ ।
यस्तै बाजुरामा ८७ हजार ८ सय ६१ मतदाता रहेकोमा ४६ हजार २ सय ३२ जनाले भोट दिएका छन् । यहाँ ५२ ।६ प्रतिशत मत खसेको तथ्यांक छ । डडेलधुरामा ४९.२ प्रतिशत मत खसेको छ । यहाँ कुल मतदाता संख्या ९३ लाख ४ सय ३ रहेकोमा ४५ हजार ९ सय ९ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
यस्तै तथ्यांकअनुसार बैतडीमा ४६.८ प्रतिशत मत खसेको छ । यहाँ कुलमतदाता संख्या १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेकोमा ७३ हजार १ सय ४८ जनाले भोट दिएका छन् । बझाङमा ४१.१ प्रतिशत मत खसेको छ । यहाँ १ लाख २६ हजार ९ सय ३ मतदाता रहेकोमा ५२ हजार २ सय १७ जनाले मतदान गरेका छन् ।
र डोटीमा ४०.९ प्रतिशत मत खसेको विवरणमा उल्लेख छ । डोटी जिल्लामा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेकोमा ५२ हजार ४ सय ८५ जनाले मतदान गरेको जनाइएको छ ।
प्रदेशमा तराईका जिल्लाहरूमा पहाडी जिल्लाको तुलनामा मतदान प्रतिशत केही बढी देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण