बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रामेछापमा नेकपाका श्रेष्ठको अग्रता

शुक्रबार, २२ फागुन २०८२, १७ : ०१
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • रामेछापमा नेकपाका उम्मेदवार श्याम श्रेष्ठले अग्रता लिएका छन्।
  • सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको मतगणनामा नेकपाले अग्रता लिएको हो।
  • बेथानमा नेकपाले ३८९ मत प्राप्त गर्दा कांग्रेसले १३६ र एमालेले ९२ मत पाएका छन्।

काठमाडौँ । रामेछापमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्याम श्रेष्ठले अग्रता लिएको छ ।  जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको मतगणना गर्दा नेकपा अग्रता लिएको हो । बेथानको १ हजार ४ सय ५१ मत गणना गर्दा तारा चिह्नले सबैभन्दा बढी ३८९ मत प्राप्त गरेको छ ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका रामचन्द्र खड्काले १३६ मत पाएका छन् । नेकपा एमालेको सूर्य चिह्नले ९२ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.कृष्णहरि बुढाथोकीले ५७ मत ल्याएका छन् । 

अन्य साना तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरूतर्फ माटोले ९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मत प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप