रामेछापमा उज्यालो नेपालका योञ्जनको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १७ : ४०
सारांश
- रामेछापमा उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले अग्रता लिएका छन्।
- सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको मतगणनामा उज्यालो नेपालले ७४० मत ल्यायो।
- नेकपाका श्याम श्रेष्ठ दोस्रो र नेपाली कांग्रेसका रामचन्द्र खड्का तेस्रो स्थानमा रहे।
काठमाडौँ । रामेछापमा उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले अग्रता लिएका छन् । जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको मतगणना गर्दा उज्यालो नेपाल पार्टीकाले अग्रता लिएको हो । बेथानको १ हजार ४ सय ५१ मत गणना गर्दा उज्यालो नेपालले ७४० मत ल्याएको छ ।
दोस्रोमा नेकपाका श्याम श्रेष्ठले ३८९ मत ल्याएका छन् । त्यसैगरी, तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका रामचन्द्र खड्काले १३६ मत पाएका छन् । नेकपा एमालेको सूर्य चिह्नले ९२ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.कृष्णहरि बुढाथोकीले ५७ मत ल्याएका छन् ।
अन्य साना तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरूतर्फ माटोले ९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मत प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण