बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

पर्साका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, तीन वटामा कांग्रेस र एउटा क्षेत्रमा एमाले मुख्य प्रतिस्पर्धी

शनिबार, २३ फागुन २०८२, ०० : १४
शनिबार, २३ फागुन २०८२

पर्सा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा जिल्लाका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ । तीमध्ये तीन वटा क्षेत्रमा रास्वपाको मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेस देखिएको छ भने एउटा क्षेत्रमा एमालेले चुनौती दिएको छ ।

पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धि प्रसाद पन्तले ८ हजार ४३ मतसहित अग्रता बनाउँदा नेकपा एमालेका प्रदिप यादव ४ हजार २४७ मतसहित दोस्रो स्थानमा छन् । 

यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका सुशील कुमार कानुले १२ हनार २०५ मतसहित अग्रता बनाउँदा नेपाली कांग्रेसका अजय कुमार चौरसिया ४ हजार ८५५ मतसहित दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाका रामाकान्त प्रसाद चौरसियाले ६ हजार ३२ मतसहित अग्रता बनाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले दुई हजार ६५७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपाका टेकबहादुर शाक्य ४ हजार ७१७ मतसहित अग्रस्थानमा छन् । यहाँ नेपाली कांग्रेसका रमेश रिजाल एक हजार ४७२ मतसहित दोस्रो स्थानमा छन् ।
 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप