अपडेट
बझाङमा एमालेका ऐनबहादुर महरको अग्रता कायमै, कांग्रेसका रसाइली पछ्याउँदै, रास्वपा चौथो स्थानमा
शनिबार, २३ फागुन २०८२, ०५ : ४१
सारांश
- बझाङमा जारी मतगणनामा नेकपा एमालेका ऐनबहादुर महरले अग्रता कायम राखेका छन्।
- नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले महरलाई पछ्याइरहेका छन्, तर मतान्तर ८ सय ९ छ।
- नेकपाका मीनबहादुर कुँवर तेस्रो र रास्वपाका शैलेश सिंह चौथो स्थानमा छन्।
धनगढी । बझाङमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरले आफ्नो अग्रतालाई कायमै राखेका छन् । प्राप्त विवरण अनुसार महरले ११ हजार ३ सय ४४ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।
महरलाई नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले चुनौती दिइरहेका छन् । रसाइलीले १० हजार ५ सय ३५ मत प्राप्त गरेका छन् । एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर ८ सय ९ रहेको छ । उनीहरूबिच मुख्य प्रतिस्पर्धा देखिएका छ ।
तेस्रो स्थानमा भने नेकपाका उम्मेदवार मीनबहादुर कुँवर देखिएका छन् । कुँवरले ७ हजार ४ सय ४६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शैलेश सिंह चौथो स्थानमा छन् । उनले हालसम्म ६ हजार ६३० मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता
-
हेटौंडामा निर्माण व्यवसायी घिमिरेमाथि आक्रमण
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण