बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
परिणाम

बझाङमा एमालेका महर विजयी

शनिबार, २३ फागुन २०८२, १० : २८
शनिबार, २३ फागुन २०८२

काठमाडौँ । बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीलाई पराजित गर्दै महर निर्वाचित भएका हुन् । महरले १८ हजार ५४३ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रसाइलीले १६ हजार ३०४ मत ल्याएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिए। 

तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत ल्याए । चौथो भएका  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशबहादुर सिंहले ९ हजार ३६३ मत ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप