प्रतिनिधि सभा निर्वाचन
शरतसिंह पराजित, महोत्तरीमा रास्वपाका साह निर्वाचित
शनिबार, २३ फागुन २०८२, २१ : ४७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह महोत्तरी-२ मा ठूलो मतान्तरसहित विजयी भए।
- साहले ३२ हजार ७२२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वीले १० हजार १९८ मत मात्र पाए।
- गत निर्वाचनमा निर्वाचित जनता समाजवादी पार्टीका शरतसिंह भण्डारी दोस्रो स्थानमा रहे, र नेपाली कांग्रेस तेस्रो स्थानमा रह्यो।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरी–२ मा ठुलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह निर्वाचित भएका छन् । साहले ३२ हजार ७२२ मत पाए ।
उनका निकटत प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीले १० हजार १९८ मत मात्र ल्याउन सके । गत निर्वाचनमा भण्डारीले २५ हजार १९० मत ल्याउँदै निर्वाचित भएका थिए ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका किरण यादव रहे । उनले ९ हजार ७४५ मत ल्याए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण