बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एमाले बागलुङ नगर अध्यक्ष शर्माले दिए राजीनामा

मङ्गलबार, २६ फागुन २०८२, २२ : १८
मङ्गलबार, २६ फागुन २०८२

पोखरा । बागलुङ नगरपालिकाका एमाले अध्यक्ष रामकृष्ण शर्माले राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो नगरपालिकाबाट पार्टीलाई पर्याप्त मत प्राप्त नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् । 

बागलुङ नगरपालिकाभित्र एमाले तेस्रो भएको छ । नगरपालिकामा रास्वपाका उम्मेदवारले १२ हजार १ सय ७६ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ४ हजार ४ सय ३३ मत पाए । एमाले उम्मेदवार हीरा केसीले जम्मा ३ हजार ९ सय १४ मत प्राप्त गरे । 

आफ्नो पार्टीको प्रभाव राम्रो भए पनि यो चुनावमा लज्जास्पद नतिजा आएपछि आफू पदमा रहन उचित नभएको शर्माको विज्ञप्तिमा उल्लेख छ । उनले पार्टीको पुनर्गठन जरुरी भएको औंल्याए । ‘सूर्य ध्वजाबहाक उम्मेदवारलाई जिताउन नसकेको र कार्यकर्तालाई उत्साही बनाउन नसकेकोले आजैका दिनदेखि राजीनामा पेस गर्दछु,’ उनले लेखेका छन् । 

यसअघि कास्की जिल्ला कमिटीका सल्लाहकार खगराज आचार्यले पनि राजीनामा दिएका थिए । उनले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा आउनुपर्नेमा अझै नदिएका कारण आफैले राजीनामा दिएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप