बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङमा १६ उम्मेदवारको जमानत जफत

बिहीबार, २८ फागुन २०८२, १० : ३५
बिहीबार, २८ फागुन २०८२

बागलुङ । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । २३ जना उम्मेदवार चुनावी मैदानमा थिए । त्यस मध्ये सात जनाले मात्रै जमानत जोगाउन सफल भए । 

नेपाली कम्युनिस्ट पार्टी नेकपा–राष्ट्रिय जनमोर्चा गठबन्धनका कृष्णप्रसाद अधिकारीसहितका उम्मेदवारको जमानत जफत भएको हो । बागलुङ क्षेत्र नम्बर १ मा ११ जना उम्मेदवार थिए । त्यसमध्ये आठ उम्मेदवारको जमानत जफत भयो । 

रास्वपाका सुशील खड्का २० हजार ९२७ मत लिएर विजयी हुँदा नेकपा–जनमोर्चा गठबन्धनका अधिकारीले चार हजार ५२१ म मात्रै पाए । जुन मतले अधिकारीको जमानत जोगिन सकेन ।

कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने व्यवस्था अनुसार यस क्षेत्रमा ४७ हजार ६१ सदर मत थियो । दोस्रो हुने नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत पाउँदा तेस्रो स्थानमा रहेको नेकपा एमालेका हिराबहादुर केसीले ८ हजार ६४० मत मात्रै पाए ।

राप्रपा, श्रम संस्कृति पार्टी, प्रलोपा, नेशनल रिपब्लिक नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल मानवतावादी पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।

राप्रपाका कल्याण आचार्यले ५२३, श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २५४, प्रलोपाका चित्र सापकोटाले ६०, मंगोल नेशनल अर्गनाइजेशनका गुमा कुमारी रानाले ४०, नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का टेक बहादुर केसीको ८०, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विकले २४ मत पाएका छन् । यस क्षेत्रमा ९८ हजार ४६ मतदाता थिए । त्यसमध्ये ४८ हजार ९३२ मत खसेको थियो ।

बागलुङ क्षेत्र नम्बर २ मा रास्वपाका सोम शर्माले १२ हजार ६४७ मत लिएर विजयी हुँदा नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत पाए । नेकपाका ज्ञाम नाथ गैरेले १० हजार ७०९ र एमालेकी मञ्जु शर्मा चालिसेले ७ हजार ८६४ मत पाइन् । 

अन्य उम्मेदवारको जमानत जफत भयो । श्रम संस्कृति पार्टीका हर्क बहादुर पुनले ५६४, जनता समाजवादी पार्टीका पूर्ण बहादुर घर्ती मगरले ३१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अञ्चल शाहीले २४३, नेशनल रिपब्लिक नेपालका नर बहादुर बुढाले १९७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का लोकेन्द्र घिमिरेले ७९, नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामी ७६, प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम बहादुर कुँवर ४३ र मंगोल नेशनल अर्गनाइजेसनका जुन बहादुर थापा मगरले २१ मत पाएका छन् ।

यस क्षेत्रमा कुल ९५ हजार ३३५ जना मतदाता रहेकोमा ४७ हजार २०७ मत खसेको थियो । त्यस मध्य ४४ हजार ६२६ मत सदर भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप