कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
सारांश
- सशस्त्र प्रहरी बलले नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका थप २४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ।
- यसअघि नियन्त्रणमा लिइएका ७५० गाडीहरूसँगै थपिएका २४ गाडी गरी कुल ७७४ गाडी नियन्त्रणमा लिइएको छ।
- बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै करको दर हेरफेरको सूचना लिक भएपछि यी गाडी आयात गरिएको आशंका गरिएको छ।
काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका थप २४ गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले थप २४ सहित ७७४ गाडी नियन्त्रणमा लिइएको जानकारी दिए ।
यसअघि ७५० गाडी नियन्त्रणमा लिइएको सशस्त्रका अधिकारीहरूले बताएका थिए । गएराति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट नियन्त्रणमा लिइएको गाडीको संख्या यकिन गर्दा ७७४ पुगेको हो ।
बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ । गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो ।
बरामद गाडी नम्बर प्लेट बिनाका हुन् । शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने सशस्त्र प्रहरीले जनाएको छ ।
बजेट बक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको आशंका गरिएको छ । बरामद गरिएको मध्ये धेरै गाडी चिनियाँ बिवाईडी कम्पनीका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण