बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

शुक्रबार, ०६ चैत २०८२, १२ : ०३
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • विभिन्न जिल्लाहरूबाट लागूऔषधसहित १५ जना पक्राउ परेका छन्।
  • काठमाडौँ, बाँके, कञ्चनपुर, रौतहट र मकवानपुर लगायतका स्थानबाट लागुऔषध बरामद भएको छ।
  • प्रहरीले लागूऔषध ओसारपसार र कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ परेका छन् । काठमाडौँ, बाँके, कञ्चनपुर, रौतहट लगायतका जिल्लाबाट १५ जना पक्राउ परेका हुन् । 

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद २३ हजार ५ सय रुपैयाँसहित सोही ठाउँ बस्ने काभ्रे घर भएका ३० वर्षीय रामचन्द्र गौतमलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ विशाल चोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय रमनसिंघ राठोर र ३० वर्षीय सरोजसिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट पनि ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय २० मिलिग्राम सहित डडेलधुरा अमरगढी नगरपालिका–१ बस्ने २५ वर्षीय यादव तमौली समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प. २०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाटै ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम १ सय ६० मिलिग्राम सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका– ३ मालाखेती बस्ने २७ वर्षीय सुरेन्द्र साउद, कञ्चनपुर शुक्लाफाँटा नागरपालिका–११ कलुवापुर बस्ने २६ वर्षीय हिक्मत बोहरा, कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २४ वर्षीय दीपेन्द्र विष्ट र दार्चुला शैल्यशिखर नगरपालिका-६ उल्लानी बस्ने २८ वर्षीय जनक

सिंह धामी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक सुरेन्द्र, सहचालक हिक्मत तथा हाइसमा सवार दीपेन्द्र र जनकलाई पक्राउ गरेको हो ।

त्यस्तै,रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल बस्ने ५० वर्षीय तेजिलाल यादव र उनकै छोरा २२ वर्षीय लालबाबु यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ९ सय २० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको प्रहरीले तेजिलालले सोही ठाउँस्थित सञ्चालन गरेको किराना पसल तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यता, मकवानपुरको मनहरी गाउँपालिका–७ रूपाचुरीबाट अफिम जस्तो देखिने पदार्थ ३ किलो ४ सय ७८ ग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय देवचन्द्र घलानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डन्डाबाट डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका–२ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका–९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरुङ र कन्चन गाउँपालिका–३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप