प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको जर्सी सार्वजनिक
सारांश
- सुदूरपश्चिम प्रदेशको क्रिकेट टोलीको नयाँ जर्सी धनगढीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो।
- एसपीए कलेजले आगामी ३ वर्षका लागि सुदूरपश्चिम प्रदेशको क्रिकेट टोलीलाई प्रायोजन गरेको छ।
- टोलीका कप्तान शेर मल्लले युवा र अनुभवी खेलाडीहरूको मिश्रण रहेको बताए।
धनगढी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । शनिबार धनगढीमा आयोजित एक कार्यक्रमका बिच टोलीको आधिकारिक जर्सी सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी, मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही र टोलीका कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरे।
धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले यसै सिजनदेखि आगामी ३ वर्षका लागि सुदूरपश्चिम प्रदेशको महिला र पुरुष दुवै क्रिकेट टोलीलाई मुख्य प्रायोजन गरेको छ । जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले प्रदेश टोलीलाई शुभकामना दिँदै यस पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रिन आग्रह गरे ।
त्यस्तै,प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले मुख्य प्रायोजक एसपीए कलेजलाई सहयोगका लागि धन्यवाद दिँदै मैदानमा उत्कृष्ट प्रदर्शन गरेर प्रायोजकको विश्वासलाई सफल साबित गर्ने प्रतिबद्धता जनाए।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका शेर मल्लको कप्तानीमा रहेको सुदूरपश्चिमको टोलीमा युवा र अनुभवी खेलाडीहरूको मिश्रण रहेको छ ।
टिममा शेर मल्ल (कप्तान), किरण ठगुन्ना, खडक बोहरा,दीपक बोहरा,हेमन्त धामी,विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण