काबुलमा विद्यालय खोल्न अपिल
काठमाडाैँ । अफगानिस्तानको राजधानी काबुलमा महिला विद्यार्थीहरूले इस्लामिक इमिरेट्सको प्रतिबन्ध अन्तर्गत बन्द रहेका विद्यालय र शैक्षिक संस्थाहरू पुनः खोल्नका लागि अपिल गरेका छन् । उनीहरुले अधिकारीहरूलाई बालिकाहरुलाई आफ्नो शिक्षा पुनः सुरु गर्न अनुमति दिन आग्रह गर्दै विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न र शिक्षाको अवसर दिन अनुरोध गरेका हुन्।
विद्यालय जाने अवसरको अभावले आफ्नो भविष्य खतरामा परेको भन्दै उनीहरूले शैक्षिक सुविधाहरू निरन्तर बन्द भएकोमा गहिरो निराशा व्यक्त गरेका छन्। पछिल्लो समयमा अफगानिस्तानमा बालिकाहरूको शिक्षामा लगाइएको प्रतिबन्धले अन्तर्राष्ट्रिय निकायको ध्यान खिचेको र मानव अधिकार सङ्गठनहरूले चर्को आलोचना गरी रहेको समयमा उनीहरूको यस्तो आग्रह आएको हो।
महिला अधिकारकर्मीहरूले पनि यो परिस्थितिलाई मौलिक अधिकारको उल्लङ्घनको रूपमा वर्णन गर्दै अफगान जनताको हितको लागि विद्यालय र विश्वविद्यालयका ढोका सकेसम्म चाँडो खोल्नुपर्ने बताएका छन्।
अफगानिस्तानमा राजनीतिक परिवर्तन पछि बालिकाहरूको शिक्षामा व्यापक प्रतिबन्ध लगाइएको थियो, जसका कारण धेरैका लागि विद्यालय र विश्वविद्यालयहरूको ढोका बन्द रह्यो ।
अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनहरूले बारम्बार शिक्षामा पहुँच मौलिक मानव अधिकारको विषय भएको विषयमा जोड दिँदै बालिकाहरुलाई यस अधिकारबाट बञ्चित गर्नाले अफगान समाजमा दीर्घकालीन रुपमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण