यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
आइतबार, १४ असार २०८३, १८ : २६
सारांश
- नेपाल क्रिकेट सङ्घ (क्यान) ले १९ वर्ष मुनिकाे महिला प्रिमियर कपका लागि १८ सदस्यीय टोली घोषणा गरेको छ।
- सोनी पाख्रिनले मलेसियामा हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी गर्नेछिन्।
- एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा आगामी जुलाई ११, २०२६ देखि प्रतियोगिता सुरु हुनेछ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले मलेसियामा हुने १९ वर्ष मुनिकाे महिला प्रिमियर कपका लागि १८ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ।
क्यानका सचिव पारस खड्काले आइतबार जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार टोलीको कप्तानी सोनी पाख्रिनले गर्नेछिन्।
उनीसँगै टोलीमा सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विश्वकर्मा, कृस्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन्।
एसियाली क्रिकेट काउन्सिल(एसीसी)को आयोजनामा आगामी जुलाई ११, २०२६ देखि प्रतियोगिता हुँदैछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण