राखेपको निर्देशन र अदालतको आदेश अटेर गर्दै निर्वाचनमा लाग्यो एन्फा
मङ्गलबार, १० चैत २०८२, ०९ : ४९
सारांश
- एन्फा नेतृत्वले चैत १३ मा झापामा निर्वाचन गर्ने तयारी गरेको छ, जसमा आन्तरिक विवाद र कानुनी जटिलता छन्।
- राखेप र उच्च अदालतको आदेशलाई बेवास्ता गर्दै एन्फाले निर्वाचनको तयारी थालेको छ।
- निर्वाचनका लागि एन्फाले १० चैतदेखि ललितपुरको कार्यालय बन्द गर्ने भएको छ, जसको क्लबहरूले विरोध गरेका छन्।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक विवाद र कानुनी जटिलताका बिच वर्तमान नेतृत्व आगामी १३ चैतमा झापामा अर्ली इलेक्सन गराउने तयारीमा जुटेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पटक–पटकको निर्देशन र उच्च अदालत पाटनको आदेशलाई समेत चुनौती दिँदै एन्फा नेतृत्व निर्वाचनको अन्तिम तयारीमा लागेको हो ।
एन्फाले एक सार्वजनिक सूचना जारी गर्दै १३ चैतमा झापामा हुने साधारण सभा तथा निर्वाचनका लागि १० चैतदेखि ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय (सचिवालय) बन्द रहने जानकारी गराएको छ ।
अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको हस्ताक्षर रहेको सो सूचना अनुसार, निर्वाचन प्रयोजनका लागि सम्पूर्ण प्रशासनिक कार्य रोकेर टोली झापा प्रस्थान गर्ने तयारीमा छ ।
एन्फा नेतृत्वको यो कदमको अधिकांश फुटबल क्लबहरूले समेत विरोध जनाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण