आगलागीले करिब २० बिघाको उखु नष्ट
मङ्गलबार, १० चैत २०८२, १५ : ०४
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा उखु खेतमा भीषण आगलागी हुँदा करिब २० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।
रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वपट्टि रहेको खेतमा मंगलबार आगलागी भएको हो । स्थानीयका अनुसार तयारी अवस्थामा रहेको उखु खेतमा अचानक आगो फैलिँदा ठुलो क्षति भएको हो ।
स्थानीय अच्चेलाल रायले काटेको उखु खेतमा जलाइएको उखुको परालबाट आगो सल्किएको थियो ।
घटनास्थलमा स्थानीय बासिन्दा तथा किसानहरूले आगो निभाउने प्रयास गरिरहेका छन्।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण