नक्कली सुन देखाएर १४ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ । सुनको बिस्कुट भन्दै नक्कली धातु देखाएर १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका–७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भन्ने धनवीर वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
वाइबाले सुनको बिस्कुट आकारको पहेँलो धातु देखाई आफूसँग बिल नभएको र रकमको निकै खाँचो परेको भन्दै पीडितलाई ललाइफकाइ गरेका थिए। उनले उक्त धातु सक्कली सुन भएको विश्वास दिलाएर पीडितबाट नगद १४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान र खोजतलास सुरु गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले चैत ९ गते बेलुका करिब ७ बजे टोखा नगरपालिका–९ शिवमन्दिरस्थित एक होटलको कोठामा लुकेर बसेको अवस्थामा उनलाई फेला पारेको हो। खानतलासी गर्दा उनले झोला भित्र लुकाएर राखेको अवस्थामा ५४७।६९० ग्राम तौल भएको पहेँलो धातु बरामद भएको छ।
प्रहरीले वाइबाको साथबाट धातुसँगै एक थान बिल, चेकबुक, राहदानी, तीन थान मोबाइल, सुनको मुन्द्रा र नगद १ हजार २० रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटले प्रक्रिया अगाडि बढाएको छ। प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार घटनाका विषयमा अन्य पक्षहरूको पनि खोजी र अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित
-
सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी
-
युक्रेनी आक्रमणका कारण इन्धन अभाव भएको पुटिनको स्वीकारोक्ति
-
नगर प्रहरीलाई कानुनले नदिएको अधिकार अदालतले दियो कि ?
-
आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत : आङ्देम्बे
-
पश्चिम एसिया युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण