जेनजी प्रदर्शनमा कारागारबाट भागेका प्रतिवादी पक्राउ
बुधबार, ११ चैत २०८२, २० : २०
काठमाडौँ । गत भदौमा जेनजी प्रदर्शन हुँदा सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका–७ घर भएका भानुराज तामाङ भन्ने अनुराग लामा छन् ।
२९ वर्षीय लामालाई मंगलबार भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए ।
प्रतिवादी लामा भदौ २४ मा जेनजी आन्दोलन हुँदा सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेका थिए । उनी २०८२ वैशाख ३० मा गोकर्णेश्वरमा बलिन्द्र प्रकाश राईको हत्यामा संलग्न कसुरमा जेल परेका हुन् ।
उनलाई पक्राउ गरेर केन्द्रीय कारागारमा बुझाइएको एसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित
-
सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी
-
युक्रेनी आक्रमणका कारण इन्धन अभाव भएको पुटिनको स्वीकारोक्ति
-
नगर प्रहरीलाई कानुनले नदिएको अधिकार अदालतले दियो कि ?
-
आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत : आङ्देम्बे
-
पश्चिम एसिया युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण