विद्यालय पाेशाकमा रास्वपा सांसद रहबरले लिए शपथ
सारांश
- नवनिर्वाचित सांसदहरूले सिंहदरबारमा शपथ ग्रहण गरे, जसमा फरक पहिरन र शैली देखियो।
- रास्वपा सांसद रहबर अन्सारी स्कुल ड्रेसमा शपथ लिन पुगे, जसले सबैको ध्यान खिचे।
- अन्सारीले बुबा र शिक्षकप्रति सम्मान व्यक्त गर्दै विद्यालयबाटै सफलता र समृद्धिको सन्देश दिए।
काठमाडौँ । बिहीबार सिंहदरबारमा शपथ लिन पुगेका नवनिर्वाचित सांसदहरूको दृश्य रोचक र नौलो देखियो । शपथ लिन पुगेका अधिकांश पुरुष सांसदहरू दौरा सुरुवालमा सजिएका देखिन्थे भने केही आफ्नै जातीय पहिचान झल्किने पोशाक लगाएर पुगेका थिए।
त्यसैमध्येका एक थिए–रास्वपा सांसद रहबर अन्सारी । अन्सारी अरू भन्दा भिन्न पोशाकमा सिंहदरबार पुगेका थिए । उनी स्कुल ड्रेस(विद्यालय पाेशाक)मा शपथ ग्रहण समारोहमा झोला बोकेर पुगेका थिए । अनि हातमा थियो–नेपालको संविधान।
आकाशे रङकाे सर्ट र निलाे पाइन्टमा बुबासँगै सिंहदरबार पुगेका अन्सारीलाई विद्यालय पोशाक लगाएकोबारे सञ्चारकर्मीले प्रश्न सोधिहाले । जवाफमा अन्सारीले भने, ‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो । आज मेरो ७४ वर्षको बुवाले मलाई सङ्घीय संसद् भवनमा ल्याउनुभएको छ ।’
अन्सारीले सम्पूर्ण अभिभावकका लागि आफूले सम्मान गर्ने मौका पाएको भन्दै सफलता र समृद्धि विद्यालयबाट सुरु हुने बताए ।
‘आज यो खुसीको माहोलमा सबैभन्दा ठुलो अंशियार बुवा र शिक्षकहरू हुन् भन्ने सन्देश दिन चाहन्छु । मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो’, अन्सारीले भने । रहबर बारा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण