बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमले बढायो दिल्ली उडान : अब हप्ताको १० पटक जहाज उड्ने

मङ्गलबार, १७ चैत २०८२, १३ : १२
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली हवाई उडान सेवा विस्तार गरेको छ।
  • चैत १७ गतेदेखि लागू हुने गरी निगमले थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।
  • उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच निगमका हप्ताको १० वटा उडान हुनेछन्।

काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ। यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। 

हाल आरए २१७/२१८ उडान नम्बरबाट दैनिक एउटा उडान भइरहेकोमा अब आरए २०५/२०६ बाट हप्ताको थप तीन दिन उडान हुनेछ।

उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन्। निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ। 

Delhi-205

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप