बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अपडेट

सङ्घीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

बुधबार, १८ चैत २०८२, ०६ : ४३
बुधबार, १८ चैत २०८२

सारांश

  • सङ्घीय संसद् सचिवालयले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएको छ।
  • बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ।
  • फागुन २१ गतेको निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन्।

काठमाडौँ । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले  दिउँसो १ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने जानकारी दिए । 

‘प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ,’ महासचिव पाण्डेले रातोपाटीसँग भने, ‘बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।’

फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् ।

ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप