बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

निशा लामा बनिन् लोक दोहोरी स्टार

बुधबार, १८ चैत २०८२, ११ : ११
बुधबार, १८ चैत २०८२

सारांश

  • निशा लामाले 'लोक दोहोरी स्टार' को उपाधि जितिन् र १० लाख रुपैयाँ पुरस्कार पाइन्।
  • मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो स्थान हासिल गरे।
  • राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालेमा उत्कृष्ट ८ प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गरे।

काठमाडौँ । नेपाली साङ्गीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार’ को उपाधि निशा लामाले जितेकी छन् । राजधानीको राष्ट्रिय नाचघरमा मङ्गलवार अबेर साँझ सम्पन्न ग्राण्ड फिनालेमा उनले शीर्ष उपाधि जित्दै पुरस्कार स्वरूप १० लाख रुपैयाँ नगद पनि प्राप्त गरेकी छन् ।

शोमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो घोषित भएका छन् । विभिन्न चरण पार गर्दै आएका टप ८ फाइनलिस्टहरू बिच अन्तिम स्पर्धा आयोजना गरिएको थियो । एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको शोको निर्देशन माधवराज खरेलले गरेका थिए ।

आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपूत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा भएको कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए ।

फाइनलको निर्णायकमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर, लोकदोहोरी गायक राजु ढकाल, चन्द्र शर्मा र अमृत खाती रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप