४ जना लुटेराले सुकेधारामा युवकको आइफोन लुटे
सारांश
- काठमाडौंको सुकेधारामा चार जनाले एक युवकको आइफोन लुटेका छन्।
- चैत १५ गते बिहान मोटरसाइकलमा आएका लुटेराले युवकको आइफोन लुटेर फरार भएका थिए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र पीडितले उजुरी दिएका छन्।
काठमाडौँ । काठमाडौँको सुकेधारामा चार जना लुटेरा मिलेर एक जना युवकको आइफोन लुटेका छन् । २०८२ चैत १५ मा बिहान करिब ४ बजेतिर सुनसान परिस्थितिको फाइदा उठाउँदै मोटरसाइकलमा सवार चार जनाले एक जना युवकलाई लखेटेर आईफोन लुटेका हुन् । सीसीटिभी फुटेजमा कैद भिडियोमा देखिएको दृश्य अनुसार २०२६ मार्च २९ अर्थात २०८२ चैत १५ मा बिहान ३ बजेर ५२ मिनेटमा सो घटना भएको देखिन्छ ।
पीडितले प्रहरीलाई उजुरी दिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । मोटरसाइकलमा चढेका चार जनाले एक जना युवकलाई लखेट्दै आउँछन् । युवक ‘गुहार, गुहार’ भन्दै दौडिन्छन् । सुनसान सडकमा कसैले उनको चित्कार नसुनेपछि मोटरसाइकलको पछाडि बस्ने दुई जना लुटेर झरेर उनलाई लछारपछार गर्दै आइफोन लुटेर भाग्छन् ।
लुटमा संलग्नहरूबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ । पीडित युवकले महाराजगन्ज वृत्तमा घटना अनुसन्धान गर्न भन्दै निवेदन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण