बबरसिंह–देवकुमारी थापा स्मृति गुठीले कवि ज्ञान उदास र निर्देशक संगीता श्रेष्ठलाई सम्मान गर्ने
सारांश
- बबरसिंह-देवकुमारी थापा स्मृति गुठीले २०८२ सालको सम्मानको घोषणा गरेको छ।
- वरिष्ठ कवि ज्ञान उदासलाई देवकुमारी थापा स्मृति सम्मान प्रदान गरिनेछ, जसमा ५१ हजार रुपैयाँ रहेको छ।
- संगीता श्रेष्ठलाई बबरसिंह थापा स्मृति सम्मान प्रदान गरिने, जसले फिल्म निर्देशन र सामाजिक कार्यमा योगदान पुर्याएकी छिन्।
विराटनगर । बबरसिंह–देवकुमारी थापा स्मृति गुठीले २०८२ सालको ‘देवकुमारी थापा स्मृति सम्मान’ र ‘बबरसिंह थापा स्मृति सम्मान’को घोषणा गरेको छ ।
गुठीले बुधबार यस वर्षका सम्मानित प्रतिभाहरूको नाम सार्वजनिक गरेको हो । गुठीका अनुसार २०८२ सालको ‘देवकुमारी थापा स्मृति सम्मान’ वरिष्ठ कवि ज्ञान उदासलाई प्रदान गर्ने निर्णय गरिएको छ । ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको यो सम्मान विगत २०१८ सालदेखि साहित्य साधना र सिर्जनामा सक्रिय उदासको योगदानको कदर गर्दै प्रदान गर्न लागिएको हो ।
कवि उदासका ‘कुन वेस ?’, ‘हामी बस पर्खिरहेका छौँ– बस’, ‘मनका कुरा’, ‘ज्ञान उदासका कविता’, ‘मेरो हराएको कविता’, ‘यस्तो लाग्छ’ र ‘खाली सारङ्गी’ गरी सात वटा कविता सङ्ग्र्रह प्रकाशित छन् ।
२०६८ सालदेखि दिन थालिएको यो सम्मानबाट यसअघि इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, वैरागी काइँला, महावीर पुनलगायतका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित भइसकेका छन् ।
त्यस्तै, २०८२ सालकै ‘बबरसिंह थापा स्मृति सम्मान’ सुप्रसिद्ध फिल्म निर्देशक, लेखक, सञ्चारकर्मी तथा सामाजिक अभियन्ता संगीता श्रेष्ठलाई प्रदान गरिने भएको छ । यो सम्मानस्वरुप २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिने छ ।
श्रेष्ठले ‘श्रेष्ठ कथा काठमाडौँको’ (फिचर फिल्म) र ‘कथा प्रेमका’ (सर्ट फिल्म) को निर्देशन गर्नुका साथै ७० भन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन गरिसकेकी छन् । उनको ‘कथामा अल्झिएका प्रेम’ नामक उपन्यास समेत निकै चर्चित छ ।
वि.सं. २०६० सालदेखि वितरण सुरु गरिएको बबरसिंह थापा स्मृति सम्मानबाट हालसम्म डा. रामबहादुर थापा, मोमिला, धिरेन्द्र प्रेमर्षि, प्रमोद प्रधान लगायत २० जना र २ वटा संस्था सम्मानित भइसकेका छन् ।
विराटनगरलाई कर्मथलो बनाएर साहित्य र समाजसेवामा योगदान पु¥याएका बबरसिंह थापा र देवकुमारी थापाको स्मृतिमा यो गुठीले बर्सेनि विभिन्न विधाका साधकहरूलाई सम्मानित गर्दै आएको छ । सम्मानित हुने व्यक्तित्वहरूलाई वैशाख ५ गते विशेष कार्यक्रम आयोजना गरी सम्मान अर्पण गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण