नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक स्थगित
बिहीबार, १९ चैत २०८२, १४ : ४७
सारांश
- नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक आगामी कार्य योजना पारित गर्दै स्थगित भयो।
- बैठकमा पार्टी एकता, समायोजन, र महाधिवेशन लगायतका एजेन्डा पारित गरियो।
- समीक्षात्मक प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई दिएपछि सोमबारदेखि नियमित बैठक बस्नेछ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक आगामी कार्य योजना पारित गरेर स्थगित भएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए ।
बैठकमा पार्टी एकता र समायोजन, महाधिवेशन, आगामी कार्य योजना लगायत एजेन्डा पारित गरी बैठक स्थगित भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाको अनुसार समीक्षात्मक प्रतिवेदन प्रत्येक सदस्यलाई अध्ययनका लागि दिएकाले सोमबारदेखि नियमित बैठक बस्नेछ ।
‘संसद् बैठकमा जानुपर्ने भएकाले आगामी कार्य योजना सम्बन्धी एजेन्डा अनुमोदन गरेर सकिएको छ । संयोजक र सहसंयोजक कमरेडले निर्वाचन सम्बन्धी सामान्य समीक्षा गर्नुभयो । अन्य विषयमा खास केही भएन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
-
माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु
-
कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?
-
इलामका ५३ चिया उद्योग खोल्ने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण