बुटवलमा सम्पन्न लन टेनिस प्रतियोगितामा प्रनव बने च्याम्पियन
बुटवल । रुपन्देहीमा सम्पन्न चौथो मेयर कप तथा आठौँ बुटवल राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामा प्रनव मानन्धर च्याम्पियन बनेका छन् ।
रुपन्देही लन टेनिस सङ्घको आयोजनामा बुटवल देविनगरस्थित टेनिस कोर्टमा भएको पुरुष एकलतर्फको फाइनलमा उनले आयुषमान घलेलाई २–६, ६–०, ६–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
उपाधिसँगै मानन्धरले नगद ६० हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। उपविजेता घलेले भने नगद ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
यसैगरी ३५ वर्षमाथि एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले हात पारे । फाइनलमा उनले अनिल साईलाई ३–६, ६–१, १०–७ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
प्रतियोगितामा विभिन्न ११ विधामा प्रतिस्पर्धा भएको सङ्घका कोषाध्यक्ष डा. प्रकाश बस्नेतले जानकारी दिए। उनका अनुसार पुरुष तथा महिला एकलतर्फका विजेताले जनही ६० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने खेलाडीले २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख पाण्डेयले बुटवलको खेल पर्यटन प्रवर्द्धनमा लन टेनिसको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे। उनले लन टेनिसलाई अनुशासित खेलको रूपमा चिनाउँदै यसको विकासका लागि स्थानीय सरकार सधैँ साथमा रहने प्रतिबद्धता जनाए ।
नगरप्रमुख पाण्डेयले बुटवलमा थप दुई वटा टेनिस कोर्ट निर्माण गरी अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने तयारी गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक बजेट विनियोजन गरिने समेत जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई ‘पूर्वसुनुवाइ’ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण