पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ
कास्की । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।
२०८२ चैत १९ गते दिउँसो साढे २ बजेतिर पोखरा महानगरपालिका वडा नं। १६ स्थित जोगीमणीमा अपरिचित व्यक्तिहरूले विदेशी पर्यटकमाथि आक्रमण गरी लुटपाट गरेर फरार भएका थिए। घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको विशेष टोलीले अपराधीहरूको खोजी तीव्र पारेको थियो।
प्रहरीले अनुसन्धानका क्रममा शनिबार दिउँसो १२ बजेतिर पोखरा–५ प्रस्याङबाट लुटपाटमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेहरूमा पोखरा–२३ पामे बस्ने २१ वर्षीय रोशन सुनार, धादिङ घर भई हाल फिर्के बस्ने १८ वर्षीय आरुस तामाङ, अन्नपूर्ण गाउँपालिका–१० घर भई हाल प्रस्याङ बस्ने १८ वर्षीय अनिष परियार र पोखरा–२१ घर भई हाल प्रस्याङमै बस्ने १८ वर्षीय अर्पन सुनार रहेका छन्।
कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतका अनुसार पक्राउ परेका युवाहरूमाथि थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेले फ्रान्सविरुद्ध हार्नकै लागि खेलेको थियो, किन दियो १० खेलाडीलाई आराम ?
-
फेसियल हाउसको नयाँ शाखा सीतापाइलामा
-
विवादमा तानिए गायक सुजन चापागाईं, भनेः फेक अकाउन्ट हुन सक्छ
-
कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण