स्वास्थ्य सुधारमा सरकार सक्रिय : १०९ अस्पतालमा निःशुल्क शैय्या, डिजिटल प्रणाली विकास गरिँदै
सारांश
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०९ वटा अस्पतालमा १० प्रतिशत निःशुल्क शैय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
- बिरामीको उपचार इतिहास व्यवस्थित गर्न मन्त्रालयले एकीकृत डिजिटल सूचना प्रणालीको विकास गरिरहेको छ।
- दुर्गम क्षेत्रका बिरामीका लागि एयर एम्बुलेन्स सेवा व्यवस्थित गर्ने र सरकारी अस्पतालमा सुलभ फार्मेसी सुरु गर्ने प्रक्रिया अघि बढेको छ।
काठमाडाैँ । स्वास्थ्य सुधारमा सरकार सक्रिय भएर लागेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेकाे छ । मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको साेमबार प्रगति विवरण सावर्जनिक गरेकाे हाे ।
१० प्रतिशत निःशुल्क शैय्या र 'नि:शुल्क स्वास्थ्य पाेर्टल' विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि हालसम्म १०९ वटा अस्पतालहरूमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयले जनाएकाे छ। यसको रियल टाइम अनुगमनका लागि पोर्टल अद्यावधिक भइरहेको छ।
उच्चस्तरीय सुधार समिति: शासकीय सुधारका कार्यसूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भई कार्य अगाडि बढाइएको छ।
डिजिटल स्वास्थ्य र रिफरल प्रणाली: बिरामीको उपचार इतिहास (Patient Record System) व्यवस्थित गर्न एकीकृत डिजिटल सूचना प्रणाली विकास गरिँदैछ। अनावश्यक रिफर गर्ने प्रवृत्ति रोक्न 'बिरामी प्रेषण निर्देशिका २०८२' बमोजिम अस्पतालहरूले आफ्नै 'Refer Protocol' तयार गरी लागू गर्न सुरु गरेका छन्।
अस्पताल सेवा सुधार: 'अस्पताल सेवा सुधार कार्यविधि २०८२' लागू भई हालसम्म १७ वटा अस्पतालहरूले सेवा सुधारको प्रगति प्रतिवेदन बुझाइसकेका छन्। ९ वटा अस्पतालमा सरसफाइ, हाजिरी र गुनासो सुनुवाइका लागि फोकल पर्सन तोकिएको छ।
जलन उपचार सेवा: जलनका बिरामीको उपचारका लागि ८ वटा संघीय र ७ प्रदेशका १४ गरी जम्मा २२ वटा अस्पतालहरूमा सेवा सञ्चालनको तयारी पूरा भएको छ।
एयर एम्बुलेन्स सेवा: दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका साथै अन्य आपतकालीन बिरामीका लागि एयर एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न १३ वटा एयरलाइन्स अपरेटरहरूको सूची तयार गरी कार्यविधि संशोधनको प्रक्रिया अगाडि बढाइएको छ।
औषधि र सुलभ फार्मेसी: औषधि व्यवस्था विभागमार्फत 'सबलीकरण कार्ययोजना' कार्यान्वयनमा ल्याइएको छ। सरकारी अस्पतालहरूमा 'सुलभ फार्मेसी' मार्फत जेनेरिक नाममा सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण