सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जुन भूतले ओलीलाई छलेको थियो, त्यही भूत बादलमा सवार छ : पुरुषोत्तम यादव

बुधबार, २५ चैत २०८२, १४ : १३
बुधबार, २५ चैत २०८२

सारांश

  • सांसद पुरुषोत्तम यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलेको भूत अहिले रामबहादुर थापा बादलमा सवार रहेको टिप्पणी गरेका छन्।
  • उनले जनआन्दोलनका घाइतेको उपचार र मृतकका परिवारलाई रोजगारीको व्यवस्था कहिले हुन्छ भनी सरकारलाई प्रश्न गरेका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलेको भूतको सवार अहिले एमाले संसदीय दलको नेता रामबहादुर थापा बादलमा सवार रहेको बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा यादवले भने–  ‘जेनजी आन्दोलनसम्म प्रधानमन्त्री रहनुभएका ओलीज्यूलाई जुन भूतले छलेको थियो । अहिले त्यही भूत बादलज्यूमा सवार रहेको देखिन्छ ।’

उनले यो सदन र वर्तमान सरकार जेनजी आन्दोलनमा बगेको रगतपछि निर्माण भएको बताउँदै जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार र जेनजी आन्दोलनका मृतकका परिवारलाई रोजगारीको व्यवस्था सरकारले कहिले गर्छ भन्दै प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप