पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ढुङ्गे बगैँचा
सारांश
- अर्घाखाँचीको ढुङ्गे बगैँचा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ।
- यहाँको प्राकृतिक चट्टान, चिसो हावा र मौसमले पर्यटकहरूलाई आकर्षित गर्छ।
- स्थानीय तहले पूर्वाधार विकास र प्रचारप्रसारलाई प्राथमिकता दिएको छ।
अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–११ डिभर्नास्थित प्राकृतिक चट्टानले बनेको ढुङ्गे बगैँचा अर्थात् ‘रक गार्डेन’ पछिल्लो समय जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।
प्राकृतिक रूपमै कुँदिएका जस्तो देखि विशाल चट्टानका यी अनौठा संरचना, ढुङ्गे बगैँचाका रूपमा फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ । पहिलो पटक यहाँ पुग्नेहरू चट्टानका अनौठा बनावट देखेर आश्चर्यचकित हुने गरेका छन् । कतै मानव हातले कलात्मक रूपमा कुँदिएको जस्तो, कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारीझैँ देखिने ती चट्टानहरू वास्तवमा प्रकृतिको अनुपम सिर्जनाका रूपमा छन् ।
पछिल्लो समय ढुङ्गे बगैँचा घुम्न आउनेको सङ्ख्या बढेको सन्धिखर्क नगरपालिका–११ का वडा अध्यक्ष चेतनारायण आचार्यले बताए । “प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यो क्षेत्रलाई अझ व्यवस्थित बनाउन हामीले पूर्वाधार विकासमा जोड दिएका छौँ”, उनले भने ।
यहाँ शौचालय, विश्रामस्थल तथा मन्दिर निर्माण गरिएको छ । रक गार्डेनको प्रचारप्रसारलाई प्राथमिकतामा राख्दै स्थानीय तहले दीर्घकालीन पर्यटन विकास रणनीति पनि तयार पारिरहेको जनाएको छ । ढुङ्गे बगैँचालाई उचित प्रचारप्रसार र संरक्षण गर्न सके यो स्थान नगरकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने स्थानीय युवा नारायण आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण