बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

शुक्रबार, २७ चैत २०८२, ११ : २८
शुक्रबार, २७ चैत २०८२

सारांश

  • पृथ्वीनारायण शाहले प्रयोग गरेको ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गको प्रचार गर्ने उद्देश्यले नेपाली सेनाले पदयात्रा सुरु गरेको छ ।
  • कोट, गढी र किल्लाहरूको संरक्षण तथा इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनु यो पदयात्राको मुख्य उद्देश्य रहेको छ ।
  • गोरखा दरबारबाट सुरु भएको यो पदयात्रा तनहुँका विभिन्न स्थान हुँदै आगामी वैशाख ७ गते पाल्पाको जितगढी पुगेर समापन हुनेछ ।

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका गर्न हिँडेका पदमार्गको प्रचारका निम्ति पदयात्रा सुरु भएको हो ।

पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको संरक्षण तथा तिनको इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका पदयात्राको उद्देश्य भएको भद्रदल गणका गणपति गौरवसिंह क्षेत्रीले जानकारी दिए ।

गोरखा दरबारबाट आज बिहान सखारै प्रारम्भ भएको पदयात्रा तनहुँको सतिघाट– भन्सार–भीमसेनगढी–बाङ्गेरह– सेपाबगैँचा–टुहुरेपसल–तनहुँसुर –धेनुङ देउराली– केलादीघाट हुँदै आगामी वैशाख ७ गते पाल्पाको जितगढी पुगेर समापन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप