पशुपालनमा देखिएकाे नयाँ रोग नियन्त्रण प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पशुपालन क्षेत्रमा देखिँदै आएकाे नयाँ रोगहरूले व्यवसाय नै सङ्कटमा पर्ने जोखिम बढाएको बताएका छन् ।
उनले यस्तो समस्याको दीर्घकालीन समाधानका लागि आधुनिक प्रविधिको अधिकतम प्रयोगसहित अनुसन्धानमा जोड दिनुपर्ने बताए।
नेपाल भेटेरिनरी एसोसिएसन को १६औँ राष्ट्रिय सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खोज तथा अनुसन्धानलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे। प्राविधिक विशेषज्ञहरूसँग सहकार्य गरेर अनुसन्धानलाई नतिजामुखी बनाउन सकिने उनको भनाइ थियो ।
उनले किसानलाई व्यावसायिक बनाउन प्राविधिक क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै नयाँ समस्या देखिँदा त्यसको पहिचान र समाधानका लागि अनुसन्धानमा प्राविधिकहरूले अग्रसर हुनुपर्ने बताए ।
मुख्यमन्त्री आचार्यले अस्वस्थकर खाद्य प्रणाली धेरै रोगहरूको मूल कारण भएको औँल्याउँदै सुरक्षित र गुणस्तरीय उत्पादनमा ध्यान दिन आग्रह गरे। साथै, परम्परागत पेसालाई बेवास्ता गर्दा उत्पादनमा कमी आएको उल्लेख गर्दै त्यसतर्फ पुनः ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण