सुदूरपश्चिमका मुख्यमन्त्रीको निर्देशन– मन्त्री र कर्मचारीको भ्रमण आदेश सार्वजनिक गर्नू
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको पारदर्शिता कायम गर्न कडा कदम चाल्ने संकेत दिएका छन् ।
मुख्यमन्त्री शाहले प्रदेशका सबै मन्त्री, प्रदेश सभा सदस्य तथा सरकारी कर्मचारीहरूको भ्रमण आदेश अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिएका हुन् । धनगढीमा आयोजित ’दोस्रो पञ्चवर्षीय योजना’को मस्यौदामाथि प्रदेश सभा सदस्यहरूको सुझाव संकलन कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहले प्रमुख सचिव बैकुण्ठ अर्याललाई तत्कालै भ्रमण आदेश सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै सरकारी खर्च र गतिविधिमा पारदर्शिता हुनुपर्नेमा जोड दिए । सोही अवसरमा मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि सबै राजनीतिक दल र सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बताए ।
‘पालिकास्तरमा निर्माण भएका ठूला स्वास्थ्य संरचनाहरूलाई स्थानीय स्रोत र साधनको प्रयोग गरी सञ्चालनमा ल्याउनुपर्छ । जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउनु नै हाम्रो प्राथमिकता हो, यसका लागि सबै पक्ष जिम्मेवार बन्नु आवश्यक छ,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण