छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात
उदयपुर । कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा भारतको रिभर दी स्पोर्टिङ क्लब सिक्किमलाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक कटारीले विजयी सुरुवात गरेको हो ।
खेलमा कटारीका लागि पहिलो हाफको सात मिनेटमा निराजन सुनुवारले गोल गर्दै कटारीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पाँच मिनेटमा कटारीका क्याप्टेन प्रताप राईले गोल गर्दै कटारीका लागि गोल सङ्ख्या दुई पुर्याएका हुन् । त्यसपछि दुवै टिमले गोल गर्न सकेनन् ।
खेलको म्यान अफ दी म्याच कटारीका क्याप्टेन राई घोषित भएका छन् । उनलाई नगद रु पाँच हजारका साथमा मेडल र ट्रफी प्रदान गरिएको थियो । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा सुरु प्रतियोगिताको विजेताले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपविजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा पाउनेछन् ।
आठ वटा टिम सहभागी प्रतियोगिता आगामी ५ वैशाखमा सम्पन्न हुने आयोजक समितिका अध्यक्ष दीपक राईले बताएका छन् । प्रतियोगितामा आज जष्ट जोह्रन एफसी नाइजेरिया र हेटौँडा फुटबल क्लब मकवानपुरले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा कटारी, सिक्किम, नाइजेरिया, हेटौँडाका साथै चात्या सिएफसी झापा, च्याम्पियन ब्वाइज काठमाडौँ, केराबारी फुटबल क्लब मोरङ र शलेस युथ क्लब सिरहाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
-
चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
-
निर्माण क्षेत्र जोगाउन विशेष परिस्थितिमा आयोजनाको म्याद थप गर्न माग
-
रास्वपाले ठाडै मिच्यो संविधान, हुन सक्छ ८० हजार रुपैयाँ जरिबाना र ३ वर्ष कैद
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
-
श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण