बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि इन्दुको कप्तानीमा नेपाली टोलीको घोषणा

सोमबार, ३० चैत २०८२, २१ : ३५
सोमबार, ३० चैत २०८२

सारांश

  • नेपाल क्रिकेट संघले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ।
  • रवाण्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि टोलीको उप-कप्तानमा पूजा महतोलाई चयन गरिएको छ।
  • नेपाली टोलीले यस प्रतियोगितामार्फत आईसीसीको वरियतामा सुधार गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अप्रिलमा अफ्रिकी मुलुक रवाण्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय बलियो टोली सार्वजनिक गरेको हो।

टोलीको उप–कप्तानको जिम्मेवारी युवा खेलाडी पूजा महतोलाई दिइएको छ। नेपाली टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलन कायम गरिएको छ।

टोलीका अन्य सदस्यहरूमा बिन्दु रावल, रुबी पोद्दार, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रोमा थापा, र कविता कुँवर रहेका छन्। त्यसैगरी सुमन बिस्ट, अनु कडायत, मनीषा उपाध्याय, रचना चौधरी र पूर्व कप्तान समेत रहेकी अनुभवी खेलाडी रुबिना छेत्रीले पनि टोलीमा स्थान बनाएका छन्। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यो टोलीले रवाण्डामा हुने महत्वपूर्ण प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव छाड्न खोजिरहेको नेपाली महिला टोलीका लागि यो च्यालेन्ज ट्रफी निकै महत्त्वपूर्ण मानिएको छ। अनुभवी खेलाडीहरूको साथ र युवाहरूको जोससहित मैदान उत्रने तयारीमा रहेको नेपाली टोलीले यस प्रतियोगितामार्फत आईसीसीको वरियतामा सुधार गर्ने लक्ष्य राखेको छ। 

669848451_1422164416606601_52296322502059439_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप