बुटवलमा बजार व्यवस्थापन अभियान सुरु
सारांश
- बुटवल उपमहानगरपालिकाले सडक पेटी अतिक्रमण गरी सञ्चालित अव्यवस्थित व्यापार हटाउन विशेष अभियान सुरु गरेको छ।
- नगरपालिकाले पटक-पटकको आग्रहलाई बेवास्ता गरेपछि डोजरको प्रयोग गरी फुटपाथका सामग्रीहरू हटाएको छ।
- मेयर खेलराज पाण्डेले पहिलो चरणमा फुटपाथ र दोस्रो चरणमा छाडा चौपाया व्यवस्थापन गरिने योजना सार्वजनिक गरेका छन्।
बुटवल । बुटवल उपमहानगरपालिकाले बजार व्यवस्थापनलाई कडाइका साथ लागू गर्दै बुधबारदेखि विशेष अभियान सञ्चालन गरेको छ । लामो समयदेखि सडक पेटी अतिक्रमण गरेर गरिँदै आएको अव्यवस्थित व्यापार हटाउन उपमहानगरले आज डोजर नै प्रयोग गरेको हो ।
पछिल्लो समय बुटवलका मुख्य बजार क्षेत्रहरूमा फुटपाथमै ठेला व्यापार, रिकन्डिसन मोटरसाइकल बिक्री तथा विभिन्न सामग्री सडक छेउमै राख्ने प्रवृत्ति बढेपछि पैदल यात्रुहरूलाई हिँडडुलमा गम्भीर समस्या हुन थालेको थियो। त्यसैलाई लक्षित गर्दै उपमहानगरले सडक खुला अभियान अघि बढाएको हो ।
अभियान अन्तर्गत भुर्की चोक, अस्पताल लाइन लगायतका क्षेत्रमा सडक कब्जा गरेर राखिएका सामानहरू डोजर प्रयोग गरी हटाइएको छ। यसअघि नै उपमहानगरको अगुवाइमा व्यवसायी, सङ्घ–संस्था र सरोकारवालाबिच सहमति जुटाइएको थियो ।
यद्यपि, माइकिङमार्फत सूचना जारी गरी पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाइएको नगरपालिकाले जनाएको छ ।
बुटवलका मेयर खेलराज पाण्डेले बजार व्यवस्थापनलाई चरणबद्ध रूपमा अघि बढाइने स्पष्ट पारे। “पहिलो चरणमा फुटपाथ र ठेला व्यापार हटाउँछौँ, दोस्रो चरणमा सडकमा छाडा छोडिएका गाई–बस्तुको व्यवस्थापनमा ध्यान दिन्छौँ,” उनले भने ।
छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि अभियानलाई तीव्र बनाइने उनले बताए ।
उपमहानगरपालिकाका अनुसार यो अभियानले बुटवललाई थप व्यवस्थित, सुरक्षित र आकर्षक शहर बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण