अली खामेनीपछिको इरानको महत्वपूर्ण अनुहार बन्दै गालिबाफ
तेहरान । अमेरिका–इजरायल युद्धका कारण इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ इस्लामिक गणतन्त्रको नेतृत्वको प्रमुख वार्ताकार र सबैभन्दा उच्च पदस्थ व्यक्तित्वका रूपमा उदाएका छन् ।
करिब तीन दशकदेखि इरानी संस्थापनको खम्बा र यसका सबैभन्दा प्रमुख गैर–धार्मिक क्षेत्रबाट आएका व्यक्तित्वहरू मध्ये एक मानिने ६४ वर्षीय गालिबाफले युद्धविराम प्रयासको नेतृत्व गरेका छन् र अहिले वार्ता प्रक्रिया भत्किने उच्च–जोखिमविच पनि संवादमा नेतृत्व गरिरहेका छन्।
इरानका सर्वोच्च नेता अलि खामेनी, वरिष्ठ सुरक्षा अधिकारी अली लारीजानी र अन्य प्रमुख अधिकारीको ज्यान जाने गरी अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको पाँच साताभन्दा बढी समय बाँचेका गालिबाफ इरानी जनताले बढि विश्वास गरेका कुशल कुटनितिज्ञ मानिन्छन् ।
उनी गत सप्ताहन्तमा पहिलो पटक संयुक्त राज्य अमेरिकासँग इस्लामाबादमा वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्न सार्वजनिक रूपमा उपस्थित भएका थिए । उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेट गरे । यो सन् १९७९ को इस्लामिक क्रान्ति भन्दा पहिलेदेखिका दुई शत्रुहरू बीचको उच्च स्तरको सम्पर्क थियो।
विदेशमा रहेका इरानी दूतावासहरूले सामाजिक सञ्जालमा प्रकाशित तस्वीरमा विदेश मन्त्री अब्बास अरागची चियामा व्यस्त रहेको र हातले इशारा गर्दै गरेका गालिबाफलाई इरानी वार्ता टोलीको केन्द्रमा राखिएको उत्साही र आत्मविश्वासी इरानी प्रतिनिधिमण्डलको नेतृत्वकर्ताका रूपमा देखाइएको छ।
करिब चार दशकसम्म इरानमा प्रभुत्व जमाएका खामेनीविनाको इरानी नेतृत्वको काम अधुरोजस्तोे देखिएको छ तर नयाँ नेतृत्वको विकास हुँदै गर्दा इरानी राजनीतिमा सकारात्मक आशा पनि छाएको छ।
खामेनीका छोरा मोजतबालाई उनको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो तर उनी हवाई आक्रमणमा घाइते भएको खबरकाबिच अझै सार्वजनिक रूपमा देखिएका छैनन् ।
“लारीजानीको हत्यापछि गालिबाफ इस्लामिक गणतन्त्रको युद्धविराम प्रयास र कूटनीतिको नयाँ सार्वजनिक अनुहारका रूपमा देखा पर्नुभएको छ,” जेनेभा ग्राजुएट इन्स्टिच्यूटका प्रबन्ध अनुसन्धाता फरजान साबेतले भने ।
उनले भने, “तर हामीले उहाँमा निर्णय लिनसक्ने हैसियत कुन हदसम्म छ भनेर तौलिनु अतिरञ्जित हुनेछ । उहाँ अझै पनि तेहरानमा उच्च शक्तिहरूलाई जवाफ दिने हैसियत राखेको पुष्टि विगत केही हप्तालाई नियाल्दा हुन्छ ।”
साबेटका अनुसार गालिबाफ एयरोस्पेस फोर्सको कमान्डरका रूपमा प्रमुख व्यक्ति हुन् भने उनले मोजतबा खामेनी र इरानको वैचारिक सेना रिभोलुसनरी गाड्र्ससँग सहजै समन्वय गरेको देखिन्छ।
व्यवसायिक सौदाबाजी
इस्लामावादको यात्रा गालिबाफको युद्धपछिको सार्वजनिक रूपमा पहिलो उपस्थिति हो, यद्यपि उनले लगभग दैनिक सामाजिक सञ्जाल पोष्टहरूमा उच्च ओहोदाको हैसियतमा प्रस्तुत भएका छन् ।
फेसबुकमा अमेरिकी अङ्ग्रेजीमा एक्समा उनको पोष्टले व्यापक ध्यान आकर्षित गरेको छ र वास्तवमा कसले लेखिरहेको छ भन्ने प्रश्न उठाएको छ, गालिबाफ धाराप्रवाह अंग्रेजी बोल्ने व्यक्ति नभएको तर उनले लेखेको भाषामा भाषागत विशेषज्ञता झल्किन्छ ।
स्थल आक्रमणको धम्कीलाई औँल्याउँदै अप्रिल १ मा गालिबाफको एक्स अकाउन्टमा एक पोस्टमा भनिएको थियो, “तपाईं हाम्रो घरमा आउनुभएको छ, तपाईं सम्पूर्ण इरानी जनताको सामना गर्दै हुनुहुन्छ । उनीहरूको घेरामा बन्ध अवस्थामा, अग्लो स्थान हुँदै गुडिरहनुभएको छ । यात्रा जारी राख्नुहोस्।”
अङ्ग्रेजीमा लेखिएको माथिको सन्देशमा उनले भन्न खोजेको कुरा र उनको प्रस्तुतिमा केही भाषागत समृद्धि झल्किन्छ। इरानवायर अनलाइन समाचार पत्रिकाले भनेको छ, “पोष्टहरू संयुक्त राज्य अमेरिकामा रहेका एक पूर्व सल्लाहकारले लेखेको जस्तो देखिन्छ, तर यसको पुष्टि भएको छैन।”
वाशिङ्टन पोस्टले प्रमुख इरानी निर्णयकर्ताहरूसँग प्रत्यक्ष भेट्न नपाएको बताउँदै वासिङ्टन पोस्टले रिपोर्ट गरेको छ, “इस्लामावाद वार्ता असफल भए पनि गालिबाफले अमेरिकी प्रतिनिधिमण्डलमा उल्लेखनीय छाप छोड्नुभएको छ ।”
पोष्टमा भनिएको छ, “गालिबाफले अमेरिकी टोलीलाई एक परिष्कृत र व्यावसायिक सौदाबाज र नयाँ इरानको सम्भावित नेताको रूपमा प्रभावित पार्नुभएको थियो ।”
महत्वाकाङ्क्षी र अवसरवादी
रिभोलुसनरी गाड्र्स, तेहरान प्रहरी प्रमुख, तेहरानका मेयर र हाल संसदको सभामुखको रूपमा रहेका सैन्य र नागरिक जीवनमा भिजेका अनुभवि गालिबाफलाई सक्षम इरानी नेताका रूपमा पुष्टि गरेको छ।
उनी गार्डसकाे नयाँ कट्टरपन्थी पदानुक्रममा पूर्ण रूपमा विश्वास गर्छन् वा हुन्न यो पुष्टि हुन बाँकी छ किनकि कमान्डर–इन–चिफ अहमद वाहिदी र राष्ट्रिय सुरक्षा परिषदको प्रमुखको रूपमा लारीजानीको उत्तराधिकारी, मोहम्मद बाघेर जोल्घादर बनेका छन्।
उनी धेरै पटक इरानी राष्ट्रपति पदको लागि खडा भएका छन् तर कहिल्यै सफल भएका छैनन् । विशेष गरी सन् २००५ मा अति–अनुदारवादी महमुद अहमदिनेजादले राष्ट्रपति पद सम्हाल्दा पनि उनले पराजय भोगेका थिए ।
एक योग्य चालक गालिबाफ जम्बो जेटको क्याप्टेन अर्थात् देश हाँक्ने सारथी हुन सक्षम छ भनेर घमण्ड गर्नका लागि उनको अनुभव काफी छ ।
मानव अधिकार समूहहरूले गालिबाफले आफ्ना विभिन्न कार्यहरूमा सन् १९९९ को विद्यार्थी प्रदर्शनदेखि सन् २००९ मा विवादास्पद चुनावपछि सुरु भएको हरित आन्दोलन र सन् २०२६ जनवरीमा चरम सीमामा पुगेको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई दबाउन महत्त्वपूर्ण भूमिका खेलेको आरोप विपक्षीले लगाउने गरेका छन् ।
एक राजनीतिज्ञको रूपमा उनले आफूलाई महत्वाकाङ्क्षी र अवसरको सदुपयोग गर्न कुशल व्यक्तित्वका रूपमा देखाएका छन् । तर उनी सतर्क पनि छन् । यो विशेषताले उनलाई इस्लामिक गणतन्त्रको शक्ति संरचनाको शीर्षस्थानमा आफ्नो जिम्मेवारीलाई अगाडि बढाउन मद्दत गरेको छ।
उनले भने, “त्यसैले उहाँले वाशिङ्गटनको अविश्वासलाई जित्न परीक्षण गर्न केही लचकता देखाउनुहुनेछ र तेहरानलाई युद्धबाट बाहिर निकाल्न सक्नुहुनेछ कि सक्नुहुने छैन भनेर हेरिएको छ । अझै पनि धेरै हदसम्म उहाँले यसलाई सकारात्मक दिशामा अघि बढ्न सुनिश्चित गर्नुहुनेछ भन्ने विश्वास गरिएको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण