आमाको मुख हेर्ने दिनका अवसरमा नर्भिकद्वारा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट
सारांश
- नर्भिक इन्टरनेशनल हस्पिटलले आमाको मुख हेर्ने दिनको अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट ल्याएको छ।
- अस्पतालले मेमोग्राफी, महिला हेल्थ प्याकेज र आइभीएफ प्रक्रियामा १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गरेको छ।
- नयाँ वर्ष २०८३ को अवसरमा अस्पतालले विभिन्न ओपीडी मेडिकल प्याकेजहरूमा पनि १० प्रतिशत छुटको व्यवस्था गरेको छ।
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ ।
अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, महिला हेल्थ प्याकेजहरुमा १० प्रतिशत र सबै आइभीएफ प्रक्रियाहरुमा १० प्रतिशत छुट सुविधा सञ्चालनमा ल्याएको हो । आज वैशाख ४ गतेदेखि सुरु भएको यो छुट एक हप्तासम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।
यसैगरी अस्पतालले नयाँ वर्ष २०८३ का अवसरमा आफ्ना ओपीडी प्याकेजहरुमा १० प्रतिशत छुटको सुविधा सञ्चालन गरिरहेको छ । बेसिक मेडिकल प्याकेज, कम्प्रिहेन्सिभ मेडिकल चेक अप, कम्प्रिहेन्सिभ मेडिकल प्याकेज, एक्जिक्युटिभ हेल्थ प्याकेज, गोल्ड हेल्थ प्याकेज, प्लाटिनम हेल्थ प्याकेज (महिला तथा पुरुष) हरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण