अमेरिका–इरान वार्ता अर्को साता हुन सक्ने दाबी
सारांश
- अमेरिका र इरानबीच अर्को साता वार्ता हुन सक्ने सम्भावना रहेको पाकिस्तानी सुरक्षा स्रोतले जनाएको छ।
- इस्लामावादमा अमेरिकी सैन्य विमानको अवतरण र उच्च सुरक्षा सतर्कताले वार्ताको संकेत गरेको छ।
- इस्लामावादका प्रमुख होटलहरूमा पाहुना खाली गराई नयाँ बुकिङ बन्द गरिएको छ।
काठमाडौँ । अमेरिका र इरानबिच वार्ता आउँदो शुक्रबारअघि नै हुन सक्ने पाकिस्तानका दुई सुरक्षा स्रोतहरूले बताएका छन् । यी स्रोतहरूले कतारको अल जजिरासँग नाम नखुलाउने शर्तमा कुरा गर्दै सम्भावित वार्ताका सङ्केत दिने केही गतिविधिहरू उल्लेख गरेका छन्।
उनीहरूका अनुसार दुई वटा अमेरिकी भारी एयरलिफ्ट विमान सी १७ ग्लोबमाष्टर्स नुर खान हवाई शिविरमा अवतरण गरेका छन् । यो शिविर राजधानी इस्लामावाद नजिकै पर्छ ।
दोस्रो विमानस्थलदेखि इस्लामावादको “रेड जोन” क्षेत्रसम्मका सडकहरू अस्थायी रूपमा बन्द गरिएको छ, जसलाई उच्च सुरक्षा तयारीको सङ्केत मानिएको छ ।
तेस्रो इस्लामावादका प्रमुख होटेलहरू सेरेना होटल इस्लामावाद र इस्लामावाद मेरियट होटलबाट पाहुनाहरू हटाइएको छ र शुक्रबारसम्म नयाँ बुकिङ रोकिएको बताइएको छ । यसअघि पहिलो चरणको अमेरिका–इरान वार्ता सेरेना होटल इस्लामावादमा अप्रिल ११ मा सम्पन्न भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण