बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युद्धविरामअघि २४ घण्टामा १५० भन्दा बढी हिज्बोल्लाह सदस्य मारिएको दाबी

आइतबार, ०६ वैशाख २०८३, १५ : १३
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • इजरायली रक्षा बलले युद्धविराम लागू हुनुअघिको २४ घण्टामा १५० भन्दा बढी हिजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ।
  • इजरायलले लेबनानका विभिन्न क्षेत्रमा रहेका कमाण्ड सेन्टर र हतियार भण्डारण केन्द्रलाई लक्षित गरी ३०० भन्दा बढी आक्रमण गरेको जनाएको छ।
  • हिजबुल्लाहले उक्त दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन र स्वतन्त्र रूपमा यसको पुष्टि हुन बाँकी छ।

काठमाडौँ । इजरायली रक्षा बल (आईडीएफ)ले युद्धविराम लागू हुनुअघि पछिल्लाे २४ घण्टामा १५० भन्दा बढी लेबनानी सशस्त्र समूह हिजबुल्लाहका सदस्यलाई निष्क्रिय गरेको दाबी गरेको छ । 

मेसिजिङ एप टेलिग्राममार्फत सार्वजनिक गरिएको वक्तव्यमा आईडीएफले लेबनानका विभिन्न क्षेत्रमा करिब ३०० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ । ती लक्ष्यहरूमा कमाण्ड सेन्टरहरू र हतियार भण्डारण स्थलहरू समावेश रहेको बताइएको छ।

आईडीएफका अनुसार ती कारबाहीमा हिज्बोल्लाहका केही कमाण्डरहरू पनि मारिएका छन् । इजरायलले आफ्ना नागरिक र सैनिकहरूलाई कुनै पनि खतराबाट जोगाउन यस्ता कारबाही जारी राख्ने चेतावनी दिएको छ । 

हालसम्म हिजबुल्लाहबाट यस दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन, र स्वतन्त्र स्रोतबाट यी तथ्यहरू पुष्टि हुन बाँकी रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप