इरानमा जासुसी र तोडफोड आरोपमा दुई जनालाई मृत्युदण्ड
सारांश
- इरानमा जासुसी र तोडफोडमा संलग्न रहेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिइएको छ।
- दोषी ठहरिएका व्यक्तिहरूले मोसादसँग मिलेर सैन्य र सार्वजनिक स्थलमा आक्रमणको योजना बनाएका थिए।
तेहरान । इरानमा जासुसी तथा तोडफोडमा संलग्न रहेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । सरकार निकट समाचार संस्था तास्निम समाचार एजेन्सीले यसबारे जानकारी दिएको भन्दै अल जजिराले समाचार छापेको छ ।
रिपोर्टअनुसार ती व्यक्तिहरू मोसादसँग सम्बन्धित एक सञ्जालका सदस्य भएको आरोपमा दोषी ठहर भएका थिए । उनीहरूले सुरक्षित सञ्चार, संवेदनशील स्थानको पहिचान तथा विस्फोटक सामग्री तयार पार्ने तालिम लिएको बताइएको छ ।
उनीहरूमाथि सैन्य र सार्वजनिक स्थलहरूमा आगजनी तथा आक्रमण गर्ने गतिविधिमा संलग्न रहेको आरोप पनि लगाइएको थियो । साथै, आफ्ना गतिविधिहरूको भिडियो विदेशस्थित सम्पर्क व्यक्तिहरूलाई पठाएर क्रिप्टोकरेन्सी मार्फत भुक्तानी लिएको दाबी गरिएको छ ।
तास्निम समाचार एजेन्सीका अनुसार उक्त सञ्जाल लामो समयदेखि सुरक्षा निकायको निगरानीमा थियो । पछि उनीहरूलाई तेहरानमा रहेका सार्वजनिक सेवा तथा सैन्य केन्द्रहरूमा आक्रमण गर्ने नयाँ जिम्मेवारी दिइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण