बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

बुटवलमा जितगढी विजय उत्सव कार्यक्रम सुरु

सोमबार, ०७ वैशाख २०८३, १३ : ४२
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय उत्सवको औपचारिक शुभारम्भ गरेका छन्।
  • बुटवल उपमहानगरपालिकाले ऐतिहासिक जितगढी किल्लाको संरक्षण र वीरताको इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त उत्सवको आयोजना गरेको हो।
  • वि.सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरेको सम्झनामा यो उत्सव मनाइँदै आएको छ।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुटवलमा जितगढी विजय उत्सवको शुभारम्भ गरेका छन्। बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको सो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो।

jitgadhi-mahotsab (1)

बुटवलको नुवाकोट क्षेत्रमा नेपाली सेनाको टोलीलाई स्वागत गरिएको छ भने बुटवल उपमहानगरपालिकाबाट विभिन्न झाँकीसहितको र्‍याली जितगढी किल्ला पुगेपछि औपचारिक कार्यक्रम सुरु भएको छ।

उत्सवमार्फत ऐतिहासिक जितगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बताए । वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ। 

jitgadhi-mahotsab (2)

बुटवलको तिनाउ नदी किनारस्थित जितगढी क्षेत्रमा भएको उक्त युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए भने अङ्ग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए।

इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अङ्ग्रेज सैनिक मारिएका थिए । 

jitgadhi-mahotsab (3)jitgadhi-mahotsab (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप