रोहित झिकेर दीपेन्द्रको कप्तानीमा यूएईविरुद्ध उत्रिँदै छ नेपाल
सारांश
- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज कीर्तिपुरमा यूएईविरुद्ध दुई खेलको टी-२० शृंखलाको पहिलो खेल खेल्दै छ।
- रोहित पौडेललाई विश्राम दिँदै यो शृंखलामा दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको कप्तानी सम्हाल्ने भएका छन्।
- टी-२० र ओडीआईमा फरक-फरक कप्तानको अभ्यास सुरु गर्दै नेपालले भविष्यका लागि नयाँ टोली निर्माण गर्न लागेको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल खेल्दै छ ।
यो शृंखलासँगै नेपालले टी–२० क्रिकेटमा नयाँ कप्तान र नयाँ टोलीको प्रयोग गर्न लागेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिलो पटक फ्लडलाइटमा आयोजना हुन लागेको यो ऐतिहासिक खेलमा नेपालको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् ।
यसअघि टी–२० र एकदिवसीय ९ओडीआई० दुवै फर्म्याटमा टोलीको नेतृत्व गरिरहेका रोहित पौडेललाई टी–२० को कप्तानीबाट विश्राम दिइएको छ । यो निर्णयसँगै नेपालले टी–२० र ओडीआईमा फरक–फरक कप्तानको नयाँ अभ्यास सुरु गरेको छ ।
दुई महिनाअघि भारतमा भएको टी–२० विश्वकप खेलेयता नेपालले पहिलो पटक यो फर्म्याटमा खेल्न लागेको हो । यो शृंखलालाई भविष्यका लागि नयाँ टी–२० टोली निर्माण गर्ने अवसरका रूपमा पनि हेरिएको छ, आज नयाँ खेलाडीहरूलाई पनि मौका दिइने सम्भावना छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
टोलीमा युवा र अनुभवी खेलाडीको समिश्रण छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल भोलि यही मैदानमा हुनेछ ।
१५ सदस्यीय नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल ।
वैकल्पिक खेलाडीका रूपमा प्रतीश जिसी, नारायण जोशी र रसिद खान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण