शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
दिदीले खुलाइन् वास्तविकता

अमृत झा अझै जेलमा, सरकारले किन ढाँट्यो ?

सोमबार, ०७ वैशाख २०८३, २२ : ०५
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ।
  • परराष्ट्रमन्त्री शिशिर खनालले अमृत रिहा भएको घोषणा गरे पनि उनी अझै जेलमा रहेको उनकी दिदीले पुष्टि गरेकी छिन्।

काठमाडौँ । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ । 

उनकी दिदी पूजा झासँग आज कुरा भएपछि यसबारे खुलेको हो । पूजाले रातोपाटीसँग भनिन्, 'आज मेरो भाइले फोन गरेको थियो, आफू अझै जेलमा रहेको कुरा भन्यो ।' 

नेपाल सरकारले नै अमृत रिहा भएको घोषणा गरेको थियो । सरकारले किन ढाट्यो थाह छैन तर अमृत अझै जेलमा रहेको र त्यहाँ वकिलले अनुसन्धान जारी रहेको अमृतलाई जानकारी गराएको उनले बताइन् ।

केही दिनअघि परराष्ट्रमन्त्री शिशिर खनालले अमृत रिहा भएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । 

मन्त्री खनालले अमृतको रिहाइका लागि इरानको स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरलमार्फत अनौपचारिक रूपमा मन्त्रालयमा प्राप्त भएको बताएका थिए । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनेसम्मको तयारी गरिएको उल्लेख थियो, जहाँ तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको पनि जनाइएको छ । 

तर उक्त कदमको दुई दिन बितिसक्दा समेत अमृत परिवारको सम्पर्कमा आएका थिएनन् । यो खबर थाहा पाएलगत्तै अमृतको परिवार खुसी भएका थिए । तर अमृत भने सम्पर्कमा नआएपछि उनीहरू पुनः चिन्तामा थिए । र आज अमृत इरानमा अझै बन्धन रहेका उनकी दिदीले पुष्टि गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप